दफा ४१
सरकारी कार्यालयहरुमा डिजिटल हस्ताक्षरको प्रयोग
(१) सरकारी निकाय वा सार्वजनिक संस्था वा नेपाल राज्यभित्र कारोबार गर्ने बैङ्क वा वित्तीय संस्थाबाट सम्प्रेषण गरिने वा जारी गरिने वा त्यस्तो निकाय वा संस्थाबाट स्वीकार गरिने वा प्राप्त गरिने कुनै कागजात वा अभिलेखको प्रामाणिकताको लागि सो कागजात वा अभिलेखमा सम्बन्धित व्यक्तिको हस्ताक्षर भएको हुनु पर्नेे भनी व्यवस्था भएकोमा नेपाल सरकारले उपयुक्त सम्झेमा त्यस्तो हस्ताक्षरको सट्टा डिजिटल हस्ताक्षर गर्न सक्ने गरी व्यवस्था गर्न सक्नेछ ।
(२) यस ऐन मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले उपदफा (१) को प्रयोजनको लागि त्यस्तो डिजिटल हस्ताक्षरको प्रमाणिकता र सत्यताको लागि थप सुरक्षण कार्यविधि तोक्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिमका निकाय वा संस्थाले प्रयोग गर्ने डिजिटल हस्ताक्षरको सम्बन्धमा प्रमाणीकरण गर्ने निकाय र डिजिटल हस्ताक्षर प्रमाणपत्र सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।